Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

भीडभाड बढेका कारण कालीमाटी तरकारी बजारमा जोरबिजोर प्रणाली लागू

भीडभाड बढेका कारण कालीमाटी तरकारी बजारमा जोरबिजोर प्रणाली लागू

१३ जेठ, काठमाडौं– निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ। हिजो सोमबारदेखि लागू हुनेगरी बजारमा जोरबिजोर प्रणली लागू गरिएको हो ।

बजार सिमित समयका लागि खोलिए पनि भिड नघटेपछि जोरबिजोर प्रणली लागू गर्नुपरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। जोरबिजोर प्रणली लागूभएसँगै अब कालीमाटी तरकारी बजार प्रवेश गर्नका लागि जोर दिन जोर नम्बर प्लेट भएका सवारी र बिजोर दिन बिजोर नम्बर प्लेट भएका सवारीले मात्र प्रवेश पाउँछन् । तरकारी लिन जाने गाडी पनि बिहान ८ बजेभित्र पुगिसक्नुपर्ने उनले बताए ।

अहिले कालीमाटी तरकारी बजारमा साढे ५०० टनको हाराहारीमा तरकारी भित्रिरहेका छ । यसअघि कालीमाटीमा दैनिक ९०० टनसम्म तरकारी आउने गरेको थियो।

यद्यपि तरकारी अभाव हुने सम्भावना भने नरहेको कालीमाटी तरकारी बजारका सूचना अधिकारी श्रेष्ठले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE