Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आज सुनको मूल्य तोलामा रु ३०० ले घट्यो

१२ फागुन
काठमाडौं –
स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ। तोलामा एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE