दैनिक सेयर कारोवार रकम १० अर्बमा खुम्चियो, १ दशमलव ३ अंकले घट्यो नेप्से
दैनिक सेयर कारोवार रकम १० अर्बमा खुम्चियो, १ दशमलव ३ अंकले घट्यो नेप्से
३ असार, काठमाडौं– सेयर बजार दैनिक कारोवार रकम करिब १० अर्बमा खुम्चिएको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेपछि बजारको मापक सूचक र कारोवार रकम दुवैमा त्यसको प्रभाव देखिएको हो ।
जसको प्रभावस्वरुप साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ भने कारोवार रकममा पनि सुस्तता आएको छ ।
बोर्डको निर्णय भोलीपल्ट (हिजो) ५२ अंकको गिरावट आएको बजार आज पनि १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमलव ४२ अंकमा आएर बन्द भएको हो ।
बजारमा आज नेप्से परिसूचकमा खासै प्रभाव नपरे पनि कारोवार रकममा भने सुस्तता छाएको छ । केही दिनयता दैनिक १५ अर्बदेखि करिब २० अर्ब सम्मको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकम १० अर्बमा खुम्चिएको हो ।
आज बजारमा कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE