Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

च्याम्पियन्स लिग वायर्न म्युनिखको सहज जित

च्याम्पियन्स लिग वायर्न म्युनिखको सहज जित

१२ फागुन
एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा साविक विजेता जर्मन क्लब वायर्न म्युनिख विजयी बनेको छ ।

अन्तिम १६ को पहिलो लेग खेलमा वायर्न म्युनिख इटालियन क्लब लाजिओलाई ४–१ ले हराएको हो ।

लाजिओलाई उसकै मैदानमा पराजित गर्ने क्रममा वार्यनका लागि रोबर्ट लेवान्डोस्की, मुसिएला र लिरोय सानेले एक–एक गोल गरे । एक गोल आत्मधाती गोलका रुपमा उपहार पाएको थियो ।

बार्यनका लागि लेवान्डोस्कीले नवौँ, मुसिएलाले २४औँ र सानेले ४२ औँ मिनेटमा गोल गरेका हुन्।

लाजिओका एसिर्बीले ४७औँ मिनेटमा आत्मघाती गोल गरेका हुन्। लाजिओका लागि ४९ औँ मिनेटमा वाकिन कोरियाले एक गोल फर्काए । दोस्रो लेग खेल आगामी मार्च १७ मा बार्यनको मैदानमा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE