झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापिय रेखाका कारण नेपालको मनसुन थप सक्रिय
झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापिय रेखाका कारण नेपालको मनसुन थप सक्रिय
१ असार, काठमाडौं– नेपालको मनसुन थप सक्रिय भएको छ ।
जल तथा मौसम पूर्वानुमान विभागले एक बजे विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय भएकोे जनाएको हो ।
विभागले बुलेटिनमा भनेको छ, ‘हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको छ ।’
मनसुन थप सक्रिय भएसँगै आज दिउसो र राती नेपालका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशको केहि भू–भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै विभागले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मति प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले शर्तकता अपनाउन आग्रह गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE