Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएर थप्ने तयारी, केहीबेरमा सीडीओहरुको बैठक बस्दै

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएर थप्ने तयारी, केहीबेरमा सीडीओहरुको बैठक बस्दै

३० जेठ, काठमाडौं– उपत्यकामा जारी निषेधाज्ञा सकिन लाग्दा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

उपत्यकाका तिन जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गते सकिन भएकाले त्यस पछिको समयमा निषेधाज्ञालाई कसरी अघि बढाउने भन्ने टुंगो लगाउन संयुक्त बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

कोरोना महामारीको संक्रमण दर घटे पनि जोखिम पूर्ण रुपले नघटिसकेको बताउँदै उनले निषेधाज्ञाको अवधि अझै एक साता सम्म थपिन सक्ने बताए ।

यद्यपि संयुक्त बैठकमा निषेधाज्ञा केही खुकुलो बनाएर कसरी अघि बढ्ने भन्ने निक्र्योलमा पुग्ने उनले बताए ।

‘निषेधाज्ञामा केही क्षेत्रलाई सहज बनाउने तयारी छ, यद्यपि यातायात भने अहिले नै नहोला’ उनले भने ।

यद्यपि खाद्यान्न पसलहरु खोल्न र कृषिसँग सम्बन्धित क्षेत्रहरु केही खुकुलो पार्न सकिने उनको भनाइ थियो । यस्तै विकास निर्माणका गतिविधिलाई सहजीकरण गरिदिन गृहबाट आग्रह गरिएकोले सो विषयमा पनि छलफल हुने उनले थपे ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोली राति १२ बजे देखि सकिँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE