आईपीएल : दिल्लीको निकाल्यो पाँचौँ जित, राजस्थान ४६ रनले पराजित
२४ असोज
काठमाडौँ – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो।
दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो ।
राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक ३८ रन बनाएका थिए भने यजश्यी जसिवलले ३४ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २४ रन बनाए भने जस बटलरले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
त्यस्तै दिल्लीका बलर कागीसो रबाडाले ३ विकेट लिए भने आर आश्विन र मार्कोस स्टोइनिसले २-२ विकेट लिएका थिए । त्यस्तै एनरीच नोर्त्जे, हर्षल पटेल र अक्सर पटेलले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।
दिल्लीका लागि शिमरन हेटमेयरले सर्बाधिक ४५ रन बनाए भने मार्कोस स्टोइनिसले ३९ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्सर पटेलले १७, हर्षल पटेलले १६ रन बनाएका थिए ।
त्यसैगरी राजस्थान रोयल्सका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने, कार्तिक त्यागि, एन्ड्रयु टारे र राहुल तेबातियाले एक एक विकेट लिएका थिए ।
यो जितसँगै दिल्ली क्यापिटलले ६ खेलमा ५ खेलमा जित हासिल गर्दै १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । दिल्लीले अहिलेसम्म एक खेलमा हार बेहोरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE