Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

फेरी बढ्यो सुनको मूल्य, चादी पनि महंगियो

काठमाडौं-सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी पनि तोलाको १० रुपैयाले बढेको छ । आज चाँदी तोलाको ९ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE