Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

एमाले कार्यदलको बैठक सकियो, आजै साँझ ७ बजे फेरि बस्ने

एमाले कार्यदलको बैठक सकियो, आजै साँझ ७ बजे फेरि बस्ने

२४ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि बसेको विवाद समाधान कार्यदलको बैठक केहीबेर बसेर टुंगिएको छ ।

आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक फेरी आजै साँझ ७ बजे बस्ने गरी टुंगिएको हो ।

बैठक सकिएपछि प्रधानमन्त्री ओेली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वर्ता सकरात्मक रहको बताउनुभयो । संयोजक नेम्वाङले, ‘बैठक सकरात्मक छ । सम्भवत आजै निष्कर्षमा पुग्ने गरी छलफल जारी राखेका छौं । बाहिरी चर्चाको पछाडी नलागौं ।’

बुधवार पनि राति अबेरसम्म कार्यदलको बैठक बसेको थियो ।

नेकपाका दोस्रो तहका नेताहरु पार्टीभित्रको विवाद समाधानका लागि पछिल्लो समय कार्यदल बनाएर छलफलमा सक्रिय छन् । यद्यपि छलफलमा ठोस सहमति भने हुन सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE