Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रचण्डलाई भीम रावलको जवाफ – एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ

१० साउन, काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गर्नु भएको थियो । अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेता रावलले आपत्ति जनाउनुभएको हो ।

रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताउनुभएको छ । शनिबारै राति सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ- ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

नेता रावलले प्रचण्डलाई आफूहरुले जस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्योरु भन्दै प्रश्न गर्नुभएको छ । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौँ । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?

WRITE COMMENTS FOR THIS ARTICLE