श्रीलङ्कामा किन खाद्य सामग्री सङ्कट छ ?
२८ भदौ, एजेन्सी – श्रीलङ्काका सरकारी खाद्य सामग्री पसलहरू रित्तिँदै गएका छन् भने धुलो दूध, अन्न र चामल जस्ता आयातित सामग्रीको सञ्चिति निकै कम छ ।
सरकारले आपूर्ति अभाव नरहेको भन्दै सञ्चारमाध्यमहरूले भय निम्त्याएको आरोप लगाएको छ।
सरकारले सङ्कटकालको घोषणा गरेको र विदेशी मुद्रा सटहीमा सङ्कट देखा परिरहेको अवस्थामा श्रीलङ्काको केन्द्रीय ब्याङ्कका प्रमुखले राजीनामा दिएको अवस्थामा पछिल्लो घटनाक्रम विकास भएको हो।
सरकारले के गरिरहेको छ ?
अगस्ट ३० मा राष्ट्रपति गोटाबय राजपक्षेले अत्यावश्यक सामग्रीहरूको आपूर्तिमा कडा नियन्त्रण गरिएको घोषणा गरेका थिए। सरकारले व्यापारीहरूलाई खाद्य सामग्री भण्डारण कम गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न यो कदम चालिएको बताएको थियो।
श्रीलङ्काली मुद्राको अवमूल्यन, मुद्रास्फ्रिति र बढ्दो वैदेशिक ऋण भारसँग जुधिरहेको छ। केही समय अघिसम्म दक्षिण एशियाकै बलियो अर्थतन्त्र रहेको उक्त देशको आर्थिक मन्दीप्रति चिन्ता प्रकट भएका छन्।
सन् २०१९ मा विश्व ब्याङ्कले श्रीलङ्कालाई मध्यम आय भएको देशमा स्तरोन्नति गरेको थियो। तर यही अवधिमा देशको ऋणको भार पनि बढिरहेको छ।
सन् २०१० मा देशको कूल राष्ट्रिय आयको ३९ प्रतिशत रहेको ऋण सन् २०१९ मा बढेर ७९ प्रतिशत पुगेको विश्व ब्याङ्कले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE