Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ओली सरकारले गरेको ११ राजदूत नियुक्त गर्ने निर्णय खारेज

ओली सरकारले गरेको ११ राजदूत नियुक्त गर्ने निर्णय खारेज

४ साउन, काठमाडौं– सरकारले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको पालामा नियुक्त भएका ११ देशका राजदूतको पद खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए।

पत्रकारहरुसँग बोल्दै प्रवक्ता कार्कीले भने, ‘११ जना राजदूतहरु नियुक्त भएका थिए । त्यो निर्णय खारेज गरिएको छ ।’

सरकारले संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै उनीहरुको नियुक्ति खारेज गरिएको बताइएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइनलगायत देशमा राजदूत नियुक्त गरेको थियो।

यस्तै मन्त्रिपरिषद् बैठकले भारतसँग अब सातामा तीन वटा फ्लाइट हुने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । यसअघि भारतमा सातामा एक फ्लाइट मात्र हुने गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE