Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? भन्दै प्रधानमन्त्रीको टिप्पणी

माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? भन्दै प्रधानमन्त्रीको टिप्पणी

१४ असार, काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका नेता माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन् ।

बालुवाटारमा ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सम्बोधनकै क्रममा उनले नेपाल, प्रचण्डको पुच्छर भएको बताएका हुन्।

ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको सम्झदैँ भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो, मलाई बहुला कुकुरले टोकेको छ र ?, अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणी गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE