Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कसैको टाङमुनि छिर्दैनौं : माधव नेपाल

२६ साउन, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमारले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने सङ्केत गरे । आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने नेता नेपालले स्पष्ट पारे ।

‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँ, गलत र दम्भीसँग डराउँदैनौ,’ नेता नेपालले भने, ‘दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहन्छौँ, यो हाम्रो अठोट हो । दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता छ ।’

‘फ्लोर क्रस’ गर्नेलाई जिताउने जिम्मा मेरो !

अखिलको कार्यक्रममा कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने एमाले नेता अम्बरबहादुर थापासमेत उपस्थित थिए । उनीतर्फ सङ्केत गर्दै नेता नेपालले भने, ‘तपाईंहरुले फ्लोर क्रस गरेर संस्था (प्रदेशसभा) जोगाउनुभयो, तपाईंहरुमाथि कारबाही भएछ भने पनि आगामी चुनावमा जिताउने जिम्मा मेरो भयो ।’

WRITE COMMENTS FOR THIS ARTICLE