कसैको टाङमुनि छिर्दैनौं : माधव नेपाल
२६ साउन, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमारले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने सङ्केत गरे । आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने नेता नेपालले स्पष्ट पारे ।
‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, कसैको टाङमुनि छिर्दैनौँ, गलत र दम्भीसँग डराउँदैनौ,’ नेता नेपालले भने, ‘दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहन्छौँ, यो हाम्रो अठोट हो । दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता छ ।’
‘फ्लोर क्रस’ गर्नेलाई जिताउने जिम्मा मेरो !
अखिलको कार्यक्रममा कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने एमाले नेता अम्बरबहादुर थापासमेत उपस्थित थिए । उनीतर्फ सङ्केत गर्दै नेता नेपालले भने, ‘तपाईंहरुले फ्लोर क्रस गरेर संस्था (प्रदेशसभा) जोगाउनुभयो, तपाईंहरुमाथि कारबाही भएछ भने पनि आगामी चुनावमा जिताउने जिम्मा मेरो भयो ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE