Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

स्वास्थ्य मन्त्रालयलको चेतावनी

१४ बैशाख, काठमाडौँ – पीसीआर परीक्षणका लागि सरकारी ल्याबमा १ हजार र निजी ल्याबमा २ हजार  शुल्क निर्धारण, बढी शुल्क लिए कारबाही गरिने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका नाममा तोकिएकोभन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही गरिने चेतावनी दिएको छ ।

मन्त्रालयले हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ ।  तर, केही निजी प्रयोगशालाहरुले संक्रमण रोकथाम लगायतको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएको मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ । कोरोना भाइरस संक्रमण भए÷नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षणका नाममा थप शुल्क लिन नपाइनेतर्फ मन्त्रालयले सचेत गराएको छ । प्रयोगशालाहरुले तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा नेपाल सरकार, प्रमुख विशषेज्ञ स्तरीय वैशाख १३ गतेको निर्णयानुसार परीक्षणको सूचीबाट हटाइने मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले चेतावनी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE