Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

सिके राउतका कार्यकर्ताले चप्पलले पिटे प्रधानाध्यापकलाई

१२ कार्तिक, जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन्।

धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई चप्पलले पिटेका हुन्।

विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले शुक्रबार कुटपिट गरेका हुन्।

नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE