Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

देश माओवादीकै वरीपरी चलेको : प्रचण्ड

६ मंसिर, काठमाडौं – नेकपा (माओवादी के) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति मुलुकमा आकर्षण बढेको दावी गर्नुभएको छ ।

सोमबार पूर्वी चितवनको टाँडीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मुलुकमा माओवादी केन्द्रप्रति जनलहरनै छाएको जिकीर गर्नुभयो ।

‘माओवादी प्रति देशमा जनलहर आउदैछ । हरेक प्रदेश र स्थानीय तहमा अन्य पार्टीका मानिसहरु आउनेक्रम बढेकोछ । सबैभन्दा बढी प्रदेशमा २ मा पाएँ । मुलुकका धेरै ठाउँमा एक मात्रै होइन हजारौँ बुद्धिजिवी प्रवेश गरे अर्को पार्टीबाट,’ उहाँले भन्नुभयो, ‘सर्लाहीमा ७ सय भन्दा बढी शिक्षकहरु अन्य पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका छन् । यो सानो कुरा होइन । यसअर्थमा अब माओवादीनै हो, देशमा जनलहर छाउने पार्टी।’

माओवादी केन्द्रले जनयुद्धमा साथ दिएका किसान र मजदुर जस्ता पक्षका सम्बोधन नगरेर केही गल्ति गरेको भने स्वीकार गर्नुभएको छ । तर अब पार्टीले त्यो गल्तीबाट सिकेर अघि बढ्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिगमन बिरुद्ध आफूहरुले लडेर एकबद्ध हुने प्रयत्न गरेको पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रतिगमनबिरुद्ध उठाएक मुद्धा एकताको मुद्धा थियो । विभाजनको होइन।’

अबका दिनमा माओवादी गर्जिनै पर्ने समय आएको पनि उहाँले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE