Date
आइत, पुस २८, २०८१
Sun, January 12, 2025

“गित संगीतले श्रोताको मन जित्न नसक्दा राम्रै कलाकार हरुको साङितिक यात्रा पुर्णबिराम लागेको छ” : गायक रक्षक राई

२९ भदौ, काठमाडौँ –  संगीतको क्षेत्रमा प्रवेश गरेका युवा गायक रक्षक राई संग सवाल मिडिया डटकमका मनिष रञ्जन बरालले गरेको कुराकानी :

१.पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?

म गित संगीत लाई नै सहयात्री बनाएर संगीत साधाना गर्दै नेपाली गित संगीत मा नयाँ पन कसरी ल्याउन सकिन्छ र स्रोता हरुलाई मनोरञ्जन दिन सकिन्छ भन्ने विषय लाई खोज अनुसन्धान गर्दै मेरो समय बितिरहेको छ।

२.कति ओटा रचना सृजना गर्नु भयो ?

सृजना एउटा यस्तो कला हो जसले बिगत बर्तमान र भबिस्य यी तीन कुरालाई नै सम्बोधन गरेको हुन्छ । मेरो आफ्नै सृजना भनेको लगभग ३ दर्जन जति पुग्यो ।

३.बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल भनेको आम बालबालिका हरुमा हुने स्वभाव जस्तै नै थियो । म भोजपुर को एउटा गाँउमा जन्मिएको हुँदा त्यहाँ को परिवेश ले सिर्जना गरेको खेल हरु खेल्दै अनि रेडियो नेपाल मा बज्ने गित हरु सुन्दा कसरी यो रेडियो भित्र पसेर कस्तो मान्छे ले गित गाउछन् होला भन्ने कौतुहल मन मा बोक्दै यसरी नै रमाइलो सँग बित्यो।

४.नेपाली गित संगीतमा बिकृती आएकै हो त ?

यसरी ठ्याक्कै बिकृती नै भन्न सक्दिन म । नौलोपन को गित संगीत ले बजार नपाँउदा अनि श्रोता हरुको मन जित्न नसक्दा राम्रै कलाकार हरुको साङितिक यात्रा पुर्णबिराम लागेकै छ । भने कोहि जीवन संघर्ष को क्रममा या माया प्रेममा धोका जस्ता यावत् कुराहरुमा ठक्कर खाए पछि बिरक्तिएर संगीत लाई अङाल्न आइ पुगेका कलकार हरु पनि छन् । कसैले अपार सफलता पाएका छन् । कोहि कसैले विफल स्वीकारेका पनि छन् । ती बिफल हुने हरु अनि जीवन मा कुनै कुराको अभाव महसुस नभएका हरुले संगीत लाई आफ्नो तरिकाले बुझेर अस्लिल शब्दहरुको प्रयोग गरेको पनि छन् त्यो हुँदा बिकृती न आउला भन्न पनि सकिन्न।

५.तपाइको भावि योजना के छ ?

मेरो भाबी योजना भनेको नेपाली गित सङ्गित लाई निरन्तरता दिदै साङ्गितिक क्षेत्रको जगेर्ना गर्ने अभियानमा सक्रिय सहभागीता जनाएर एउटा कुशल कलाकार को कर्तव्य निभाउदै जाने अनि सक्ने जति र संभब भए सम्म समाज सेवा पनि गर्ने रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE