ओलि समुह पनि सर्वोच्चकै फैसला मान्न तयार
१२ फागुन
काठमाडौं – बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको छ। नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सर्वोच्चको निर्णय ओलि समुहलाई स्वीकार्य हुनेछ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरेको थियो ।
प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै समग्र परिस्थितिको छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताउनु भएको छ । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने प्रश्नमा हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’ भनी ज्ञवालीले बताउनु भयो। स्थायी कमिटी बैठक पुनः बिहीबार बस्ने भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE