Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एमाले सांसदले नारावाजी नरोकेपछि फेरी १५ मिनेटका लागि बैठक स्थगित

२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ।

एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन्।

सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो।

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो। १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन्।

एमाले सांसदले नारावाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न आग्रह पटकपटक गरेका थिए । उनले संविधान नियम र कानुन अनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न आग्रह गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE