फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने
फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने
एजेन्सी– फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । फेसबुकले सार्वजनिक गर्ने स्मार्टवाचमा दुई ओटा डिट्याचेबल क्यामेरा पनि हुनेछ । यो क्यामेरा प्रयोगकर्ताले आफू खुशी लगाउन वा हटाउन सक्नेछन् ।
ती क्यामेराबाट खिचेको फोटो वा भिडियो फेसबुकको सेवाहरुमा सेयर गर्न पनि पाइनेछ । फेसबुक सँगै यसलाई इन्स्टाग्राममा पनि सेयर गर्न सकिन्छ ।
स्मार्टवाचमा भिडियो कलका लागि फ्रन्ट क्यामेरा र १०८० पिको रियर क्यामेरा राखिएको छ । यसले एलटीई कनेक्टीभिटी पनि दिने बताइएको छ । यस्तै हार्ट रेट मनिटर पनि हुन सक्ने अनुमान फेसबुकलाई नजिकबाट नियालिरहेका स्रोतहरुले बताएका छन् ।
स्मार्टवाचको फोन एप पनि हुने अनुमान लगाइएको छ । यसको मूल्य करिब ४०० डलर पर्ने अनुमान छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE