रोपाइँका बेला मलमा ढुक्क हुने अवस्था छैन
२१ जेठ, काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँका बेला मलको हाहाकार नहुने भन्दै किसानलाई ढुक्क रहन भन्दै आएको छ तर रोपाइँ सुरु नहुँदै ठाउँठाउँमा मलको अभाव देखिन थालेको छ ।
मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि मल अभाव हुने सङ्केत गरिसकेका छन् । साल्ट ट्रेडिङका बिक्री प्रबन्धक पङ्कज जोशीले भन्नुभयो, “नेपालमा प्रतिकिसान तीन बोरा मल चाहिन्छ तर हामीले एक बोरा पनि राम्रोसँग दिन सकिरहेका छैनौँ । अनि मलको अभाव छैन भनी कसरी भन्न सकिन्छ । ” यसको मुख्य कारण दुवै संस्थाले मूल्य समायोजन नै रहेको भन्छन् ।
रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्य र डलरको मूल्य वृद्धि भइरहँदा पनि सरकारले दिएकै रकमबाट मल ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय मूल्य बढेका कारण लक्ष्यअनुसार मल ल्याउन सकिँदैन र किसानलाई मल अभाव हुन्छ । सरकारले दिएको रकमले कहिल्यै पनि किसानलाई मल पुगेको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE