बीपीका उपकुलपति गिरी कारबाहीमा
२८ भदौ, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको भन्दै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले प्रतिष्ठानका उपकुलपति डा.गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताउनुभयो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीलगायत विभिन्न माग राखी आन्दोलन भइरहेको सन्दर्भमा मन्त्रालयले उपकुलपति डा.गिरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
आन्दोलनका मागहरू सम्बोधन भइरहेको आश्वासन दिँदै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिल द्वारा तयार पारेको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने पनि जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएको भ्रष्टाचार छानबिन गर्न सबै कागजात लिइसकेको र छानबिन भइरहेको भन्दै मन्त्रालय द्वारा विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुत्ति मापदण्ड तय गर्न प्राध्यापकसहितको समिति गठन भई कार्य अघि बढाइसकेको पनि जनाइएको छ । नेपाल समाचारपत्र दैनिकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE