एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्दै
एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्दै
४ जेठ, काठमाडौं– नेकपा एमालकोे पार्टी विवादक समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टी विवाद समाधान गर्नका कार्यदलको बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको हो ।
‘विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुको उपस्थितिमा दिउँसो ३ बजेका लागि बैठक डाकिएको’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सवाल मिडियासँग बताए ।
गत वैशाख ३१ गते एमाले विवाद समाधानका लागि २०७५ जेठ २ को संरचनामा जाने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको छ । सोही सहमति अनुरुप आइतबार प्रधानमन्त्री ओली र नेता नेपालले विवाद समाधान कार्यदल गठन गरेको थिए ।
कार्यदलमा प्रधानमन्त्री ओली र नेता नेपालका तर्फबाट ५÷५ जना नेता रहेका छन् । उक्त कार्यदलमा प्रधानमन्त्री ओलीका तर्फबाट नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् । त्यस्तै नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे रहेका छन् ।
आइतबार गठन भएको कार्यदलले २०७५ जेठ २ को संरचनामा लैजाने मस्यौदा बनाउन तीन दिनको समय पाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE