Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

ओलीले अस्वीकार गरे नेपाल पक्षीय नेताहरुको बैठक रोक्ने माग

ओलीले अस्वीकार गरे नेपाल पक्षीय नेताहरुको बैठक रोक्ने माग

१ साउन, काठमाडौं– स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्न गएको नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरूको प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उक्त टोली फर्किएको छ।

नेता नेपाल समूहका नेताहरु एमालेको विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने माग राख्दै च्यासलस्थित पार्टी कार्यालय पुगेका थिए ।

बैठकमा पुगेको नेपाल समूहका नेताहरुले उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि आफूहरूले हस्ताक्षर नगरेको उनीहरूले बताए।

बैठकमा एमालेका उपाध्यक्ष भीम रावलसहित स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।

नेकपा एमालेको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनीपक्षीय नेताहरुको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पुगेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE