Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

खाने तेलको मूल्य घट्न थाल्यो

९ असार, काठमाडौ – बजारमा खाने तेलको मूल्य लिटरमा १५ देखि २० रुपैयाँ घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य अहिले आएर घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको भनाइ छ ।

तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् ।

नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री मूल्य लिटरमा १५ देखि २० रुपैयाँमा घटेको जानकारी दिए । कारोबारमा खबर छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE