चिसो बढ्न थाल्यो, जाडोयाममा हुन सक्ने सङ्क्रमणबाट कसरी जोगिने ?
६ मंसिर, एजेन्सी – जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमका सङ्क्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।
नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएको देखिएको छ।
तर चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन्।
त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
कोभिड कम देखिनुका कारण
सङ्क्रामक रोग विशेषज्ञ डा। अनूप सुवेदीका भनाइमा नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण कम देखिनुमा दुईवटा प्रमुख कारण रहेका हुनसक्छन्।
पहिलो ( धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भइसकेकाले शरीरमा एन्टिबडी कायम रहनु। दोस्रो( खोप लगाउनेहरूको सङ्ख्या बढ्नु।
ूअहिले हामीलाई केले जोगाइराखेको छ भने एउटा त समुदायमा धेरैलाई कोभिड भइसकेको छ। केही अघिको ुसीरो(प्रीभलन्स सर्भेुले पनि ६८ प्रतिशतलाई सङ्क्रमण देखाएको थियो,ू उनले भने।
खोपको प्रयोग र कोभिड भइसकेकाले धेरै व्यक्तिमा अहिले एन्टिबडी रहेकाले सङ्क्रमण कम देखिन थालेको उनको भनाइ छ।
तर विभिन्न देशहरूमा गरिएका अध्ययनले कोभिड भएर वा खोप लगाएर विकास भएको प्रतिरोधी क्षमता बिस्तारै कम हुँदै जाने देखाएको उनी बताउँछन्।
त्यसले गर्दा जाडो मौसममा भाइरसहरू सक्रिय हुने भएकाले विशेषगरी दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा सङ्क्रमण बढ्न सक्ने सुवेदीको भनाइ छ।
जाडोमा झ्यालढोका लगाएर बस्ने तथा मानिसहरू एउटै कोठामा गुम्सिएर बस्ने गर्दा सङ्क्रमण सर्ने दर पनि बढ्न सक्ने भएकाले सतर्क हुनुपर्ने सुवेदीको सुझाव छ।
जाडोमा देखिने अन्य सङ्क्रमण
चिकित्सकहरूका अनुसार जाडो महिनामा कोभिड(१९ बाहेक अन्य सङ्क्रमण पनि हुन सक्छन्।
यस बेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकाले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने उनीहरू बताउँछन्।
चिकित्सकहरूका भनाइमा चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकाले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण पनि हुन सक्छ।
कोभिडपछि जाडोमा हुन सक्ने अर्को घातक सङ्क्रमण इन्फ्लूएन्जा भाइरसको भएको विज्ञहरूको भनाइ छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE