Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

वीरगंजमा कोरोना संक्रमितको डायलासिस सुरु

१९ श्रावन पर्सा
वीरगंजमा कोरोना संक्रमित मिर्गौलाका बिरामीहरुको डायलासिस सुरु गरिएको छ । कोरोना संक्रमित बिरामीहरुको डायलासिस गर्दा चिकित्सकसमेत जोखिममा रहन्छन् । समयमा डायलासिस नभए बिरामीको ज्यानसमेत जान सक्छ, त्यसैले आफू पनि सुरक्षित रहदैँ डायलासिस सुरु गरिएको अस्पतालका डा. निरज सिंहले बताउनुभयो ।

विगत केही दिनदेखि नारायणी आस्पतालमा डायलासिस गराइरहेका ३ जना बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि डायलासिस रोकिएको थियो । यसरी रोकी रहदा बिरामीको ज्यान समेत जाने भएकोले आजदेखि अस्थाई कोभिड अस्पताल वीरगंज हेल्थ केयरमा सुरु गरिएको हो ।

हाल ५८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित हुँदा हेमो डायलासिस युनिट चिकित्सक अभावले अस्तव्यस्त बनेको थियो । एक ३० वर्षीया बिरामीलाई डा. निरज सिंहकै नेतृत्वमा स्वास्थ्यकर्मीहरू अनिल कुमार झा, नरेन्द्र कुशवाहा र अनिल बरईको टोलीले आज सफल डायलासिस गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE