Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतीय सेना प्रमुख नरभानेले नोभेम्बर ४ बाट तीन दिने नेपाल भ्रमण गर्दै

११ कात्तिक
काठमाडौं -भारतले सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण मिति तय गरेको छ । भारतीय सेनाले तय गरेको मिति अनुसार नरभानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्नुहुने भएको हो ।
 
यसअघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेको बताएको थियो । बिगत झैँ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो ।
 
नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।
 
उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो । त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए । यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE