Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बाँकेमा उपचाररत ३ संक्रमितको मृत्यु, एकजनाले घरमै गरे आत्महत्या

१२ र्बैशाख, काठमाडौँ – बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ ।

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

२०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीको अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

मेडिकल कलेजमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको हो । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

 

भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बतायो । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE