सरकारले भन्यो, ‘दसैँमा जहाँ छौँ, त्यही बसौँ, आर्शिवाद बचाऔँ’
२१ असोज
काठमाडौँ – सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे ।
४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । उनले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।
उनले भने–‘काठमाडौं अझै उच्च जोखिममा छ ।चाडपर्व आउँदैछ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यतिबेला सबैभन्दा उच्च जोखिममा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ ।
काठमाडौंबाट गाउँ जाँदा आउँदा संक्रमण पनि सँगै जाने गर्छ । स्वास्थ्य मन्त्रालयको रिर्पोट अनुसार ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक उच्च जोखिममा रहेकोले सचेत रहन आवश्यक छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE