प्रादेशिक कार्यालयबाट लाईसेन्स वितरण सुरु, सुर्खेतमा नै स्मार्ट लाईसेन्स प्रिन्ट गर्ने तयारी
८ असोज
काठमाडौँ – कर्णाली प्रदेशबाट सवारी चालक अनुमति पत्र वितरण थालिएको छ। बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गर्नुभयो ।
कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि पहिलोपटक अनुमति पत्र वितरण गरिएको हो । २०७६ माघबाट नै यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सका लागि आवेदन खोलेको थियो ।
नयाँ सवारी चालक अनुमति पत्रका लागि तोकिएको परीक्षा उतिर्ण गरेकाहरुलाई स्मार्ट कार्ड वितरण गर्न सुरु गरेको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यातायात व्यवस्था संवेदनशील कार्यालय भएको बताउनुभयो । उहाँले नागरिकको काममा ढिलासुस्ती हुन नदिन सुर्खेतमै स्मार्ट कार्ड प्रिन्ट गर्ने तयारीमा प्रदेश सरकार लागेको समेत जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE