Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन, देउवा प्रधानमन्त्री बन्ने संकेत

७ जेठ, काठमाडौँ – नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले हस्ताक्षर संकलन थालेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी सहित जसपाका नेताहरु छलफल जारी छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान अनुसार दलहरु छलफलमा जुटेका हुन् । संविधानको धारा ७६(५) बमोजिम बन्ने सरकारका लागि १३६ जना सांसदहरु आवश्यक पर्दछ । तर तीन दलको गठबन्धन साथै एमालेकै एक पक्षको सहयोग समेत गरी १४९ जनाको हस्ताक्षर संकलन भएको स्रोतले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE