Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

प्रतिनिधि सभा बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

१५ फागुन
काठमाडौं –
सरकारले प्रतिनिधि सभाको बैठक फागुनको २३ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेका हुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्नु भएको थियो । त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।

रिट निवेदनमाथि सुनुवाइ गर्दै सवोच्च अदालतले ११ फागुनमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको थियो। साथै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो

सर्वोच्चको आदेशअनुसार सरकारले २३ फागुनमा प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिश गरेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE