Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

क्रिकेट स्टेडियम बनाउन धुर्मुस-सुन्तलीलाई मलेसियाबाट ३५ लाख

काठमाडौँ – चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल धुर्मुसु र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा तीन सहरमा भएको सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो ।

क्रिकेट स्टेडियम निर्माणका एक अभियन्ता धुर्मुसका अनुसार मलेसियाका तीन सहरमा गरिएको मनोरञ्जनात्मक कार्यक्रमका क्रममा त्यो सहयोग उठेको हो । मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा गरिएको कार्यक्रमका क्रममा नेपाली दर्शकहरुले स्वःस्फूर्त उक्त सहयोग गरेको धुर्मुसले बताएका छन् ।  कार्यक्रमस्थलबाटै २० लाख ७१ हजार रुपैयाँ स्टेडियम निर्माण अभियानलाई सहयोग जुटेको हो भने आयोजक सिटी एक्सप्रेसले १५ लाख थपिदिएको हो ।

मलेसियामा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी हर्षित भएका छौ धुर्मुसले भनेका छन्, त्यहाँका व्यवसायी, समाजसेवी र कम्पनीमा कार्यरत नेपालीले यस अभियानलाई सहयोग गर्न फेरि भ्रमणको निम्तो दिनुभएको छ । धुर्मुसले क्रिकेट स्टेडियम निर्माणका लागि विदेशमा रहेका नेपालीले ठुलो आँट र हिम्मत दिएको पनि बताएका छन् ।  अन्नपुर्णपोष्टबाट

WRITE COMMENTS FOR THIS ARTICLE