Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

जुम्लाबाट काठमाडौँ आएका अनशनरत डा. केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगियो

६ असोज
काठमाडौं – अनशनरत डाक्टर गोविन्द केसीलाई वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लाबाट अनशनकै क्रममा काठमाडौं आएका डाक्टर केसीलाई त्रिभूवन विमानस्थलबाट सीधै ट्रमा सेन्टर लगिएको हो ।

डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने, प्रत्येक प्रदेशमा मेडिकल कलेज सञ्चालन हुनुपर्ने, पीसीआर परीक्षणलाई तीब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने जस्ता विभिन्न माग राखेर भदौ २ राखिएको छ ।

उहाँ त्रिवि शिक्षण अस्पतालका अवकाश प्राप्त डाक्टर हुनुहुन्छ । उहाँलाई जबरजस्ती ट्रमा सेन्टरमा प्रहरीले लगेको सहयोगीहरुले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE