Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

सिंहदरबार भित्रका ‘क्यान्टिन’ नै मापदण्ड विपरित सञ्चालनमा

काठमाडौं – उपभोक्ताको अधिकार र अनुगमन गर्ने प्रशासनिक निकाय सिंहदरबार भित्र सञ्चालन भएका चमेनागृहहरू नै मापदण्ड विपरीत सञ्चालन भएका पाइएका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयअर्न्तगत वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको बजार अनुगमन टोलीले शुक्रबार सिंहदरबार भित्र सञ्चालनमा रहेका क्यान्टिनहरुको अनुगमन गरेको छ । विभागले गरेको ३ ओटा क्यान्टिनको अनुगमनमा ३ ओटै क्यान्टिन मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।


वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग प्रवक्ता शिवराज सेढाईंका अनुसार सिंहदरबारभित्र तीन वटा मन्त्रालयका क्यान्टिनमा अनुगमन गरेको बताउनुभयो। विभागको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्रालय र केन्द्रिय चमेना गृहमा अनुगमन गरेको थियो ।

 

अनुगमनका क्रममा केन्द्रिय चमेना गृहमा कारोबार सम्बन्धि कागजपत्र नभएको, अर्थमन्त्रालयको चमेनागृहमा गुणस्तर तथा नापतौल विभागमा प्रमाणिकरण भएको तौल मेसिन नरहेको पाइएको छ भने म्याद गुज्रिएको रेडिमेट परौठा पाइएको र त्यसलाई नष्ट गरिएको छ । त्यस्तै, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्झौता पत्र नभएको, करिब २७ सय बराबरको अयोग्य पेय पद्धार्थ रहेको र त्यसलाई नष्ट गरिएको सेढाँईले बताउनुभयो । विभागले कागजपत्र नभएको केन्द्रीय चमेना गृहलाई १० हजार जरिवाना गरेको छ भने, अर्थ मन्त्रालय र वाणिज्य तथा आपुर्ति मन्त्रालयका चमेना गृहलाई कागजपत्र सहित ३ भित्र विभागमा उपस्थिती निर्देशन दिएको छ।

 

मन्त्रालयहरू सञ्चालन भएका क्यान्टिनहरूमा मूल्यसूची नभएको, खानेकुराहरू सफासुग्घर र छोपेर नराखेको, सरसफाइमा विशेष ध्यान नदिएको पाइएको प्रवक्ता सेढाँइले बताउनुभयो । मन्त्रालय र प्रशासनिक निकायमा सयौं कर्मचारीले प्रयोग गर्ने क्यान्टिन नै उपभोक्ता हितबिपरित सञ्चालन भएको पाइएको छ, उहाँले भन्नुभयो । विभागले यस अघि पनि सिंहदरबार भित्र सञ्चालनमा रहेका क्यान्टिनको अनुगमन गर्दै आएको र केन्द्रीय चमेना गृह ‘सेन्टर क्यान्टिन’ यस अघि नै उपभोक्ता हित विपरित सञ्चालन भएको पाइएको र ५० हजार जरिवाना समेत गराइएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE