Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एकैदिन ३ लाख १६ हजार संक्रमित थपिने भारत विश्वकै पहिलो देश, मृत्यु कति ?

९ बैशाख कामाडौँ – छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै एकैदिन यति धेरै कोरोना भाइरस संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ ।

यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन ३ लाख संक्रमित थपिएका थिए । गत जनवरी ८ मा अमेरिकामा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए ।

यो सँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ५९ लाख २४ हजार नाघेको छ । संक्रमण दर बढेसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा  २ हजार १ सय २ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक सङ्क्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ । अप्रिल ४ मा पहिलो पटक दैनिक सङ्क्रमितको संख्या १ लाख पुगेको थियो ।

भारतका महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE