धार्मिक पर्यटन प्रवर्द्धनसँगै सुरक्षा सुनिश्चित : जलेश्वरमा सशस्त्र प्रहरीका डीआईजी धौवजीको अवलोकन

✍️ दिनेश सहनी
जनकपुरधाम, फागुन २९ गते: मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी तथा पर्यटकको सुरक्षा प्रत्याभूत गर्न सशस्त्र प्रहरी बलको नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौवजीले सुरक्षा निकायहरूलाई विशेष निर्देशन दिएका छन्।
बिहीवार मन्दिर क्षेत्रको निरीक्षण भ्रमणका क्रममा डीआईजी धौवजीले छिमेकी मुलुक भारतबाट समेत दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षित आवागमन र सीमामा सहजता सुनिश्चित गर्न कडाइका साथ निर्देशन दिए।
“जलेश्वरनाथ महादेव मन्दिर धार्मिक मात्र होइन, पर्यटनको दृष्टिले पनि एक महत्वपूर्ण गन्तव्य हो। त्यसैले सीमावर्ती क्षेत्रको सुरक्षामा उच्च सतर्कता अपनाउँदै भारतबाट आउने दर्शनार्थीहरूको आवागमनमा कुनै असहजता हुन दिनु हुँदैन,” डीआईजी धौवजीले बताए।
उनले महोत्तरीका गणपतिलाई सीमा सुरक्षामा संवेदनशील रहनुका साथै समन्वयमा रहेर शान्तिपूर्ण तथा सुरक्षित वातावरण बनाउन आवश्यक सबै कदम चाल्न निर्देशन दिएका छन्।
डीआईजी धौवजीको यो भ्रमणले जलेश्वर क्षेत्रको सुरक्षामा थप सशक्तता ल्याउने विश्वास स्थानीय बासिन्दा तथा मन्दिर प्रशासनले व्यक्त गरेका छन्।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE