मकवानपुरमा निषेधाज्ञा लगाउन सिफारिस
१८ वैशाख, काठामाडौँ – जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले मकवानपुरका ४ वटा स्थानीय तह र राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ ।
केन्द्रको बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गर्न सिफारिस भएको हो ।
त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर पनि निषेधाज्ञा लगाउन केन्द्रले सुरक्षा समितिलाई सिफारिस गरेको छ ।
केन्द्रको सिफारिसको आधारमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकार भरतमणि पाण्डेले बताउनु भयो ।
उहाँले आवश्यक छलफल पश्चात निषेधाज्ञा जारी गरिने गरी तयारी भइरहेको बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE