Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नेपाल समूह विधि पद्धतिका नाममा अराजकता : प्रधानमन्त्री ओली

१७ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहले विधि पद्धतिका नाममा विरोधीसँग साँठगाँठ गरेको बताउनुभएको छ । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल समूहले विधि पद्धतिका नाममा अराजकता निम्त्याएको बताउनुभएको हो  ।

उहाँले भन्नुभयो, ‘अनावश्यक खालको अनुचित तानातान, खिचातानी, अस्वस्थ खालको गतिविधि, त्यो निरन्तर चलिरह्यो । निर्दलीय, अनुशासनहीन र अराजक क्रियाकलाप खुलेआम भए । यति निर्लज्ज त मैले डेमोक्रेसीमा मैले कहिल्यै देखेको छैन ।’

लोकतान्त्रिक मूल्य मान्यता विपरित फ्लोर क्रस गर्ने, बागी उम्मेदवार उठाउनु खुलेआम अन्तरघात गरेर अनुशासनहीनताको नाङ्गो नाच भएको उहाँले बताउनुभयो ।

उहाँले नेता नेपाल समूहले पार्टीलाई कमजोर बनाउन जुनसुकै भूमिका खेल्न तयार भएको आरोप समेत लगाउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE