Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

ट्याक्टर दुर्घटना हुदा ३ जना विद्यार्थीको मृत्यु

सवाल सम्वाददाता
काठमाडौँ- आछामको चौरपाटी गाउँपालिका ३ कोलगैरामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्र्थीको मृत्यु भएको छ । द्र्घटनामा थप चार जना घाईते भएका छन् । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका २ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माध्यामिक विद्यालयका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिनुभयो ।

ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाईतलाई अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE