Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

रौतहटबाट सिक्सर पेस्तोलसहित तीन पक्राउ

रौतहटबाट सिक्सर पेस्तोलसहित तीन पक्राउ

४ साउन, काठमाडौं– प्रहरीले सिक्सर पेस्तोलसहित रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आइतबार दिउँसो मौलापुर नगरपालिका–५ देखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE