दलित तथा उत्पिडित शसक्तिकरण तालिम सम्पन्न
बागलुङ जैमिनि नगरपालिका वार्ड न। २ तल्लो दमेकमा दलित तथा उत्पिडित बगर्गको शसक्तिकरण बिषयक दुई दिवशिय तालिमको आज एक समारोह बिच समुदघाटन गर्दै सहभागिहरुले दलित उत्पिडत लक्षित बर्गको शसक्तिकरण भन्दा बिकास निर्माणमा बवेट किनियोजन भयको बताए। समुदघाटमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख ईन्द्रराज पौडेलले दलित गरिब बर्गको आर्थिक सामाजिक शसक्तिकरणमा दलितरु लागि पर्नु पर्ने बताउनु भयो। जातै जातको फुलबारीमा सबैको जातिय र लैङ्गिक अधिकार सुनिश्चित गर्न लामो समय सामाजिक र अधिकारमा योगदान गरेको प्रमुख प्रशिक्षक सत्कर्म नेपाल बाट यहाँ ल्यायको बताउनु भयो।

कार्यक्रममा बोल्दै सत्कर्म नेपालका अभियान्ता प्रमुख प्रशिक्षक सिताराम थापाले दलित र महिला लाई शिक्षा र सम्पति बाट दास बनाएकोले अबको गमा मान्छे बनाउन लागि पर्नु पर्ने बताउनु भयो। जैमिनि नगर सदस्य लाल बहादुर परियारले दलितको लागि बजेट बिनियोजन गर्न र क्षमता बिकास गर्न आफु लागि परेकोले दलित माथिको चरम विभेद अन्तय गर्न दलित आफै लागि पर्नु पर्ने र यसको लागि आफु निरन्तर लडिरहने बताउनु भयो। कार्यक्रममा नगर सदस्य लक्ष्मि बस्याल, काबा वार्ड अध्यक्ष प्रेप साप्कोटा, बिष्णुराज कि। क। लगायतले बोल्नु भयो। दलित समाज संजाल दमेक र सत्कर्म नेपालको आयोजनामा गरिएको कार्यक्रममा अध्यक्ष दलित संजालको चिन्तामणि दर्जिको अध्ययता र संचालन कल बहादुर परियारले गर्नु भयको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE