Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्ट हुने

१० चैत्र
काठमाडौँ–
भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ । नियमित खेल खेलौँ,मनोरञ्जन गरौं, मस्त हौं, स्वस्थ रहौँ भन्ने नाराका साथ २०७७ चैत १६ गते देखि भक्तपुरको सुर्यबिनायकमा खेल हुने छ । निओ ब्याडमिन्टन समुहको आयोजना र निओजिअन स्कुलको संयोजनमा उक्त खेल हुने भएको हो ।

प्रतियोगिता पुरुष डबल समुहको हुने आयोजकले जनाएको छ । खेलमा सहभागि हुने समुहले चैत्र १४ गते अपरान्ह ३ बजेसम्म समुह दर्ता गराउनु पर्ने छ । दर्ता शूल्क १ हजार ५ सय रहेको छ भने प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई नगल पुरस्कार र फ्रेम सहित प्रमाणपत्र प्रदान गरिने निओ ब्याडमिन्टन समुहका अध्यक्ष तथा आयोजक समुहका संयोजक छोनाम मोक्तानले सवाल मिडियालाई जानकारी दिनुभयो ।

थप जानकारीकालागि निओ ब्याडमिन्टन समुहका अध्यक्ष तथा आयोजक समुहका संयोजक छोनाम मोक्तान–९८५११९०२७५ र आयोजक समुहका सचिव तथा निओलोजिअन स्कुलका संयोजक रत्न बहादुर राई–९८४९१६११०६ सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE