Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

ललितपुरको सडकमा सजिएका सन्देशमुलक ढुङ्गा

यसरी बेवारिसे डुङ्गाको प्रयोग गरेर सडकमा राख्दा एक त सडकको सौन्दर्य बढेको छ भने अर्कातिर सडक प्रयोगकर्ताहरुलाई प्रफुल्लित बनाएको छ ।

-मनिष रञ्जन बराल
१६ साउन, काठमाडौँ-ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले सर्वसाधारणको मन जित्न निकै राम्रा कार्यहरु गर्दै आएको छ । त्यसमा पनि फरक उपायहरु मध्येकै एक हो सडककोबिचमा सन्देश लेखिएका ढुङ्गाको प्रयोग । यो परिकल्पना महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुको हो । कसैले पनि एउटा खोलाको ढुंगाबाट पनि सहरको मोहकमा परिवर्तन आउछ भन्नेमा विश्वास नगर्लान ।
तर हेरौँ यो दृष्य :

बगरको सुन्दरता, ढुङ्गालाई सानो परिकल्पनाले शहरको सडकलाई पनि सुन्दर बनाउन सकिन्छ भन्ने उदाहरण यहाँ देख्न सकिन्छ । जसले यो सडक प्रयोग गर्ने आम जनतामानसमा सकारात्मक आभास प्रदान गर्ने काम गरेको छ । जसको नेतृ नगर प्रहरी प्रमुखले गरिरहनुभएको छ । यी महत्त्वपूर्ण शन्देश बोकेका ढुङ्गाले यतिबेला ति मानिसहरुलाई खोजीरहेका छन् जो अन्तरात्माबाटै निरास छन् । त्यही ढुङ्गा जस्ले तपाईलाई आनन्दको अनुभूति दिलाउनेछ । आखिर यो विचार कसरी आयो नगर प्रहरी प्रमुख सितिराम हाछेथुलाई ।

यसरी बेवारिसे डुङ्गाको प्रयोग गरेर सडकमा राख्दा एक त सडकको सौन्दर्य बढेको छ भने अर्कातिर सडक प्रयोगकर्ताहरुलाई प्रफुल्लित बनाएको छ । नगर प्रहरी प्रमुख हाछेथु भन्नुहुन्छ यो सजिलो थिएन । तर अहिले हेर्दा जति राम्रो देखिएको छ त्यसमा मेहनत पनि उतिनै छ ।

सडक बिचमा सजाएका ढुङ्गामा विभिन्न शब्दहरुले कोरेर त्यहाँ भित्र शुभ यात्रा, शुभदिन, टेक केयर, सुरक्षित रहौँ गुड डे, ज्वजलपा, सुन्दर ललितपुर, ड्राईभ स्लो, आदित्यादि शब्दहरुले मानिसहरुमा मनमा सकारात्मक भावना जाग्ने र सतकर्ता जगाउने काम पक्कै गरेको छ । तर कतिलाई लाग्न सक्छ यसले चालकको ध्यान भड्काउन पनि त सक्छ । जसका कारण दुर्घटना पनि त हुने सक्छ । तर, यसमा प्रहरी प्रमुख हाछेथु अहिले सम्मको दुर्घटनाको प्रकृति हेर्दा ओभर स्पीड र लापरवाहीले हुने गरेको छ । यसले चालक बरु अझ सजक भएर सवारी हाक्छन् । दुर्घटना हुने सम्भावना कम हुन्छ । इता यहाँको यात्रा गर्ने सर्वसाधारण पनि नगर प्रहरीको यो कार्य निकै राम्रो भएको बताउछन् ।

यो त केवल उदाहरण मात्र हो । हेर्दा सामान्य जस्तो लागे पनि यो समान्य कुराले शहर र सडकको सौदर्यतालाई भने चम्काउन निकै ठुलो भुमिका खेलेको छ । त्यसैले सबैले आफ्नो आफ्ने क्षेत्रमा सानो सानो परिवर्तनका लागि हात अगाडि बढाऔँ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE