नक्कली नेपाली नोट सहित ललितपुरबाट युवक पक्राउ
१२ बैशाख, ललितपुर – ललितपुरबाट नक्कली नोट सहित एक युवक पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत छन् ।
महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE