अहिलेसम्म कति कोरोना संक्रमित निकोभएर घर गए, कति जनाको उपचार भइरहेको छ ?
काठमाडौँ-सोमबार थपिएका १ सय ४४ संक्रमित सहित हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । जस मध्य १० हजार २ सय ९४ कोराना मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३ सय ७१ जनामा परीक्षण गरिएको हो । यस्तै, २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको कोरोना परीक्षण भएका छ । हालसम्म क्वारेन्टाइनमा २३ हजार ४ सय ७० जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय १३ जना रहेको मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE