स्नातक प्रथम वर्षको परीक्षा गराउने त्रिविको तयारी
२५ जेठ काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको हुँदा भोलि जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जेठ मसान्तसम्म सबै परीक्षार्थी तथा क्याम्पसहरुले सम्पूर्ण आवेदन फारम भरिसक्नु पर्ने त्रिविले जनाएको छ।
यस्तै सन् २०१९ को रजिष्ट्रेसन नम्बर कायम नभएका परीक्षार्थीको हकमा रजिष्ट्रेसन फारम तथा आवश्यक प्रमाणपत्र र दोब्बर दस्तुर शुल्क लिई सम्बन्धित क्याम्पसले अनलाइन फारम भर्नुपर्ने र प्रवेशपत्र वितरणको समयभित्र अनिवार्य रुपमा रजिष्ट्रेसन नम्बर लिइसक्नुपर्ने त्रिविले सूचित गरेको छ।
अन्यथा रजिष्ट्रेसन नम्बर कायम नभएका परीक्षार्थीले परीक्षा दिन नपाउने त्रिविले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE