Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्करण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

२८ फागुन
काठमाडोँ –
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उहाँले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताउनुभयो ।  आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उहाँको भनाइ थियो  ।

पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”

पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिनुभयो  ।

 

WRITE COMMENTS FOR THIS ARTICLE